Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    घरमा भरुवा बन्दुक राखेको कसुरमा एक जना पक्राउ

    घरमा भरुवा बन्दुक राखेको कसुरमा एक जना पक्राउ


    • बिहिवार, श्रावण २१ २०७८

    • नेपाल वाइड


    घरमा भरुवा बन्दुक राखेको कसुरमा एक जना पक्राउ
    प्रतिकात्मक तस्बिर

    खोटाङ । साउन २१, खोटाङमा घरमा भरुवा बन्दुक राख्ने स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । घरमा भरुवा बन्दुक लुकाईछिपाई राखेको सूचनाका आधारमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क झुलेका ५४ वर्षीय निम साङ्गे तामाङलाई बुधबार पक्राउ गरेको हो ।

    तामाङको घर खानतलासी गर्दा घरभित्र लुकाइ छिपाइरहेको अवस्थामा १ नाल भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने २५० ग्राम बारुद, बारुद बनाउने २५० ग्राम सोडा, २८ थान सिसाको छर्रा, ढुंगाको ३४ थान छर्रा, कराईको ४० थान टुक्रा, एक बट्टा सलाई र छर्रा बनाउन प्रयोग गरिने व्याट्री सिसा ३ थानफेला परेको प्रहरीले जनाएको छ ।

    तामाङलाई ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएका प्रहरीको टोलीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका तामाङ विरुद्ध बिहिबार हातहरियार खरखजना कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले जानकारी दिए ।

    सम्बन्धित समाचार