Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    पहिरो

    खोटाङको डिकुवामा कान्ले पहिरोको वितण्डा

    खोटाङको डिकुवामा कान्ले पहिरोको वितण्डा


    • बिहिवार, श्रावण २१ २०७८

    • नेपाल वाइड


    खोटाङको डिकुवामा कान्ले पहिरोको वितण्डा
    वर्षाका कारण खसेको कान्ले पहिरोले डिकुवामा पुर्‍याएको क्षती । तस्बिर सौजन्य : घनश्याम राई

    खोटाङ । साउन २१, वर्षाका कारण कान्ले पहिरोले किच्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी एकल महिला नहलकुमारी राईको घर पालुवा पशु पन्छी मारिएको छ ।

    मंगलबार रातीको भारी वर्षापछि खसेको कान्ले पहिरोले किच्दा राईको एउटा बाख्रा पाठा र सात वटा कुखुरा मरेको वडा सदस्य घनश्याम राईले जानकारी दिए ।

    यस्तै, पहिरोका कारण सोही ठाउँका धनकुमार राईको घर बस्नै नमिल्नेगरी भत्किएको छ । घर भत्किएपछि त्रिपाल टाँगेर बसिरहेका धनकुमार हाल घर निर्माणमा जुटेका छन् । यस्तै, भतिज हिराधन राईको परिवार बसिरहेको दुमाजित राईको घर पनि पूर्ण जोखिममा परेको वडा सदस्य राईले बताए ।

    Kanle Pahiro Dikuwa 5 .jpg

    वर्षाका कारण खसेको कान्ले पहिरोले डिकुवामा पुर्‍याएको क्षती । तस्बिर सौजन्य : घनश्याम राई

    वर्षाको पहिरो पिडितले वडाका जनप्रतिनिधि समक्ष सहयोगको याचना गरेका छन् । पहिरो पिडितलाई विपद व्यवस्थापन कोषबाट सहयोग उपलव्ध गराउने तयारी गरिएको वडा सदस्य राईले बताए ।

    गत वर्ष पहिरोले घर पुरिँदा विस्थापित भएका भक्तबहादुर राईले भने नगरपालिकासम्म पुग्दा पनि राहत नपाएको उल्टै ४ हजार ५०० ऋण लागेको गुनासो गरिरहेका छन् ।

    सम्बन्धित समाचार