Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    डाइजेष्टिभ बिस्कुटमा धागो र प्लाष्टिक ! नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड

    डाइजेष्टिभ बिस्कुटमा धागो र प्लाष्टिक ! नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड


    • मंगलवार, श्रावण २६ २०७८

    • नेपाल वाइड


    डाइजेष्टिभ बिस्कुटमा धागो र प्लाष्टिक ! नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड
    दिक्तेलमा धागो र प्लाष्टिकको टुक्रा टाँसिएको डाइजेष्टिभ बिस्कुट ।

    खोटाङ । साउन २६, खोटाङमा पानोमा धागो टाँसिएको डाइजेष्टिभ बिस्कुट भेटिएको छ । दिक्तेलबजारमा बच्चालाई खुवाउनका लागि किनिएको क्वालिटी फुड एण्ड स्न्याक्स ईन्डस्ट्रिज प्रालि दुहवी सुनसरीले उत्पादन गरेको बिस्कुटको पानोमा धागो टाँसिएको भेटिएको हो ।

    गत जुलाईमा उत्पादन गरिएको बिस्कुटको एउटा पानोमा बोरा सिउन प्रयोग हुने धागो टाँसिएको पाइएको हो । बिस्कुट उत्पादक कम्पनीले ‘उपभोक्ताहरुको सुरक्षा र स्वास्थ्यको लागी स्वच्छता, सुरक्षा र गुणस्तरीय मापदण्डको उच्चस्तरको विस्कुट’ भनेर प्रचार गरे पनि भित्र लापरबाही गरेको उपभोक्ताले बताएका छन् ।

    एपि नम्बर ०२ ०६ ६८ ०७ २४२ उल्लेख बिस्कुटको पानामा धागो जेलिएको पाइएको छ । प्रतिवटा १५ रुपैयाँ पर्ने डाइजेस्टिभ बिस्कुटमा पाइवर, प्रोटिन र भिटामिन वी पाइने उल्लेख छ । बिस्कुट उत्पादक कम्पनीले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको उपभोक्ताको भनाई छ ।

    गत साउन १८ गतेका दिन पत्रकार भीम राईले पनि पानामा प्लाष्टिक टाँसिएको डाइजेष्टिभ बिस्कुट फेला पारेका थिए । ‘बिस्कुटभित्र पानामा प्लास्टिक मिसिएको छ,’ बिस्कुटको तस्बिर सार्वजनिक गर्दै पत्रकार राईले फेसबुकमा लेखेका छन्, ‘पाँचौ पटक भो यस्तो भेटिएको । अरु ठाउँ पनि कति होलान् ?’

    सम्बन्धित समाचार