शनिवार, श्रावण ३० २०७८
नेपाल वाइड
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वार्ड नं- ६ का ३५ वर्षीय धनबहादुर लम्तारीको आफ्नै बावुले हानेको बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जङ्गली स्याललाई बन्दुकले हान्नेक्रममा लम्तारीको बन्दुकको गोली लागेर मृत्यु भएको हो ।
५६ वर्षका कर्णबहादुर लम्तारीले मकैबारीमा लुकेर स्याललाई बन्दुकले हान्दा छोरा धनबहादुरलाई लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले कर्णबहादुरसहित बन्दुक नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेको जनाएको छ ।