Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    मौसम

    चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


    • सोमवार, श्रावण ३२ २०७८

    • नेपाल वाइड


    चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
    फायल तस्बिर

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही प्रदेशमा भारी वर्षाको सम्भाना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । यसैबीच आज बिहान देशभर सामान्यदेखी पूर्ण बदली रहेको छ । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    सम्बन्धित समाचार