Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    स्थानीयले बुझाए प्रशासनलाई १७ नाल भरुवा बन्दुक

    स्थानीयले बुझाए प्रशासनलाई १७ नाल भरुवा बन्दुक


    • शुक्रवार, भाद्र ४ २०७८

    • नेपाल वाइड


    स्थानीयले बुझाए प्रशासनलाई १७ नाल भरुवा बन्दुक
    स्थानीयले जिल्ला प्रशासन कार्यालय खोटाङलाई बुझाएको भरुवा बन्दुक । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ । भदौ ४, खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका स्थानीयले प्रशासनलाई भरुवा बन्दुक बुझाएका छन् । अवैध हातहरियार संकलन अभियान थालेको जिल्ला प्रशासन कार्यालयलाई स्थानीयले ७ नाल सावुद र १० नाल बेसाबुद बन्दुक बुझाएका हुन् । स्थानीयले बुझाएको बन्दुक शुक्रबार प्रशासनले सार्वजनिक गरेको छ ।

    वन्यजन्तु चोरी शिकारी एवं अपराधिक क्रियाकलाप नियन्त्रणका लागि हातहतियार संकलन अभियान थालिएकामा जलेश्वरीका स्थानीयले स्वःतस्फुर्त भरुवा बन्दुक बुझाएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

    banduk d.jpg

    स्थानियले बुझाएको भरुवा बन्दुक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेक्रममा । तस्बिर : नेपालवाईड डटकम

    स्थानीयले बुझाएको भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाइने प्रशासनले जनाएको छ । स्थानीयले बिहिबार प्रशासनलाई गाउँमै बोलाएर भरुवा बन्दुक बुझाएका थिए । भरुवा बन्दुक बुझ्नका लागि प्रजिअ शर्मा जलेश्वरी पुगेका थिए । अवैध हातहतियार संकलन अभियान जारी राखिने शर्माले बताए ।

    सम्बन्धित समाचार