Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ २६ जना घाइते, उद्धार कार्य जारी

    सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ २६ जना घाइते, उद्धार कार्य जारी


    • बुधवार, भाद्र ९ २०७८

    • नेपाल वाइड


    सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ २६ जना घाइते, उद्धार कार्य जारी

    काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा बुधबार यात्रुवाहक बस दुर्घटना भएको छ । सुनकोसी गाउँपालिकाको ठोकर्पा भन्ने ठाउँबाट काठमाडौंको लागि छुटेको बा ३ ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँ भन्ने स्थानमा बिहान करिब ११ बजेर १० मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षबहादुर बस्नेतले जानकारी दिए ।

    दुर्घटनामा २४ जना घाइेतको उद्धार गरिएको र दुईजना गाडीले थिचिएको अवस्थामा रहेको डीएसपी बस्नेतले जानकारी दिए । घाइतेमध्ये नौ जनालाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पुर्‍याईएको छ ।

    १५ जनालाई भने सिन्धुपाल्चोक कै खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भईरहेको बताईएको छ । प्रहरी र स्थानीयवासीद्वारा घाईतेहरुको उद्धार कार्य भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

    सम्बन्धित समाचार