Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    मृत आमाको काखमा सुतेका छोराको अत्यन्तै वियोगान्त तस्बिरलाई चित्रमा कोरिए

    मृत आमाको काखमा सुतेका छोराको अत्यन्तै वियोगान्त तस्बिरलाई चित्रमा कोरिए


    • बिहिवार, भाद्र १० २०७८

    • नेपाल वाइड


    मृत आमाको काखमा सुतेका छोराको अत्यन्तै वियोगान्त तस्बिरलाई चित्रमा कोरिए
    कलाकार चार्ली बानियाँले बनाएको मृत धर्माकुमारी र उनकै काखमा सुतिरहेका छोराको वियोगान्त तस्बिरको चित्र । तस्बिर :  बम बानियाँको फेसबुक

    खोटाङ । भदौ १०, केही समयअघि मृत आमा र तिनै आमाको काखमा सुतिरहेका दुधे बालकको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनकै ३२ महिने छोराको सो तस्बिरले दुनियाँलाई भावुक बनायो/बनाइरहेको छ ।

    आफ्नै उपचारका लागि भदौ ३ गते बिहिबार दुधे बालक सहित नाइटबस चढेर नेपालगञ्ज जानेक्रममा काखमा बच्चा च्यापेकै अवस्थामा प्राण त्याग गरेकी धर्माकुमारी र उनकै काखमा बसिरहेका बालकको तस्बिरलाई कलाकार चार्ली बानियाँले चित्रमा उतारेका छन् ।

    भक्तपुर निवासी कलाकार बानियाँले खोटाङका युवा नेता बम बानियाँको आग्रहमा मृत धर्माकुमारी र उनकै काखमा सुतिरहेका बालकको तस्बिरको चित्र कोरेका हुन् । छवाली आर्टमा दख्खल राख्ने कलाकार बानियाँले बसको सिटमा प्राण त्याग गरिसकेकी आमा र उनकै काखमा सुतिरहेका बच्चाको तस्बिरलाई चित्रमा दुरुस्त उतारेका छन् ।

    ‘मेरो अनुरोधमा प्रिय भाई चार्ली बानियाँले यो इतिहासकै दुर्लभ र संबेगात्मक दृश्यालाई चित्रमा उतार्नु भएको हो,’ बम बानियाँले भने, ‘अरु केही गर्न नसके पनि म यो चित्र कोठाको भित्तामा सुरक्षीत राख्ने छु । यो सार्वजनिक र भाइरल कथा भए पनि सामान्य मान्छेको कथा भएको हुनाले छिटो स्मरणमा हराउने सोचेर मैले राख्न खोजेको हुँ ।’

    नेपालगञ्जमा रहेका श्रीमान दलबहादुरलाई भेट्ने र उपचार गर्ने सल्लाह अनुशार धर्माकुमारी दुधे बालक बोकेर बसको यात्रामा निस्केकी थिईन् । तर, उनले श्रीमानलाई भेट्न पाइनन् ।

    रातको समयमा गुडिरहेकै बसको सिटमा उनको प्राणपखेरु उँड्यो । उनको काखबाट खसेका बच्चा रुन थालेपछि मात्र अन्य यात्रुले धर्माकुमारीको मृत्यु भएको थाहा पाएका थिए । फकाउँदा पनि नमानेपछि अन्य यात्रुले बालकलाई मृत आमाकै काखमा राखिदिएको समाचार सार्वजनिक भएको थियो ।

    सम्बन्धित समाचार