Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : भीरबाट लडेर गम्भीर घाईते बनेकी शिक्षिकाको मृत्यु

    खोटाङ : भीरबाट लडेर गम्भीर घाईते बनेकी शिक्षिकाको मृत्यु


    • शुक्रवार, भाद्र ११ २०७८

    • नेपाल वाइड


    खोटाङ : भीरबाट लडेर गम्भीर घाईते बनेकी शिक्षिकाको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ । भदौ ११, खोटाङमा भीरबाट लडेर शिक्षिकाको मृत्यु भएको छ । शुक्रबार खसीलाई घाँस काट्न गएको बेला हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित दियाले जनचेतना प्राविमा कार्यरत ४१ वर्षीय पार्वती राईको मृत्यु भएको हो ।

    आफ्नो नन्दसँगै घाँस काट्न गएकोबेला घर नजिकैको खुरी खोलामा लडेर गम्भीर घाईते भएकी राईलाई उपचारका लागि स्वास्थ्य संस्था लैजानेक्रममा बाटैमा मृत्यु भएको धितुङका वडासदस्य खेमराज कार्कीले जानकारी दिए ।

    करिब ३० मिटरमाथिबाट खसेका राईको ढुंगामा बजारिएर टाउको पछाडि गहिरो चोट लागेको र हात भाँचिएको अवस्थामा उद्धार गरेर उपचारका लागि अटोमा राखेर हलेसीतर्फ हिँडाइएको थियो । उनको शवलाई महादेवस्थानस्थित हलेसी सिद्धबाबा पोलिक्लिनिकमा राखिएको छ ।

    ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक विदामा भएका कारण जिल्ला प्रहरी कार्यालयबाट घट्नास्थल पुग्ने प्रहरीले घट्नास्थल मुचुल्का तयार पारेपछि अन्य प्रकृया अघि बढाउने तयारी गरिएको वडासदस्य कार्कीले बताए । उनका श्रीमान भने विदेशमा छन् ।

    सम्बन्धित समाचार