Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    भोजपुर : श्रीमतीको हत्या गरी श्रीमानले पनि गरे आत्माहत्या

    भोजपुर : श्रीमतीको हत्या गरी श्रीमानले पनि गरे आत्माहत्या


    • शनिवार, भाद्र १२ २०७८

    • नेपाल वाइड


    भोजपुर : श्रीमतीको हत्या गरी श्रीमानले पनि गरे आत्माहत्या
    सांकेतिक तस्बिर

    भोजपुर । भोजपुरकाे षडानन्द नगरपालिका –९ ताल खर्कका ४० बर्षिय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले समेत आत्माहत्या गरेका छन् । राईले शुक्रवार राती २८ वर्षीया श्रीमती इन्द्रकला राईलाई खुकुरी प्रहार गरी हत्या गरेर आफुले पनि झुण्डिएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    आमालाई खुकुरी प्रहार गरेको देखेपछि आठ बर्षीय छोराले स्थानीयलाई खवर गरेका थिए । घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइ सकेको र श्रीमाानलाई खोजी गर्दा झुन्डिएको अबस्थामा फेला परेको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए ।

    सम्बन्धित समाचार