Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    मौषम

    देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


    • आइतवार, भाद्र १३ २०७८

    • नेपाल वाइड


    देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
    सांकेतिक तस्बिर

    काठमाडौं । मनसुन अति सक्रिय हुँदा अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ.। आज बिहान प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

    प्रदेश १, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    सम्बन्धित समाचार