Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बालिका बलात्कारको आरोपमा फरार शिक्षक पक्राउ

    बालिका बलात्कारको आरोपमा फरार शिक्षक पक्राउ


    • मंगलवार, भाद्र १५ २०७८

    • नेपाल वाइड


    बालिका बलात्कारको आरोपमा फरार शिक्षक पक्राउ
    प्रतिकात्मक तस्बिर
     

    लमजुङ । भदौ १५, बालिका बलात्कारको आरोपमा फरार रहेका एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कारको आरोप लागेर फरार शिक्षकलाई सोमबार बेशिसहरबाट पक्राउ गरिएको हो ।

    बालिका बलात्कारको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले  पक्राउ गरेको हो । यसअघि बालिकालाई बलात्कारको आरोपमा सोही गाउँका अर्जुनविक्रम थापाविरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

    बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफुमाथि भएको बलात्कार घट्नाको बारेमा खुलाएपछि त्यसकै आधारमा उजुरी सहितको कानुनी प्रकृया अघि बढेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ । 

    सम्बन्धित समाचार