Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    चार किलो सुनसहित दुईजना पक्राउ

    चार किलो सुनसहित दुईजना पक्राउ


    • आइतवार, भाद्र २० २०७८

    • नेपाल वाइड


    चार किलो सुनसहित दुईजना पक्राउ
    प्रतिकात्मक तस्बिर

    बाँके । चार किलो बढी सुनसहित दुई जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिको एअरपोर्टबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ वर्षीय बुद्दीमान खाती रहेका छन् । श्री एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट नेपालगंज आएका उनीहरुलाई नेपालगंज विमानस्थलको आगमन कक्ष वाहिर शंकास्पद रुपमा फेला पारी प्रहरीले तलासी गर्दा विश्वकर्माले लगाएको जुत्तामा रहेको सुन जस्तो देखिने ४ थान विस्कुट र खातीले लगाएको जुत्ताको तलुवामा रहेको सुन जस्तो देखिने २ थान विस्कुटसहित ६ थान विस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) सुन बरामद गरेको हो ।

    त्यस्तै खातीले बोकेको झोलाबाट सुनको जस्तो देखिने तिलहरी १ थान, वाला १ थान, गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार