Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    दाङमा अनौठो घटना : बल्छीमा परेको माछा टोकेको केहीबेरमा मृत्यु

    दाङमा अनौठो घटना : बल्छीमा परेको माछा टोकेको केहीबेरमा मृत्यु


    • आइतवार, भाद्र २० २०७८

    • नेपाल वाइड


    दाङमा अनौठो घटना : बल्छीमा परेको माछा टोकेको केहीबेरमा मृत्यु

    दाङ । दाङमा शनिबार एउटा अनौठो घटना भएको छ । एक जना व्यक्तिले बल्छी लगाएर तानेको माछो टोक्दा बेहोस भएका व्यक्तिको केहीबेरमै मृत्यु भएको छ ।

    लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्ती स्थानीय खोलामा बल्छी लगाएर तानेको अढैया जातको माछाले टोके लगत्तै बेहोस भएका थिए ।

    ‘श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका घर्तीको जालमा सर्पजस्तै लामो अढैया जातको माछा परेछ,’ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने, ‘माछा फटफटाइरहेपछि घर्तीले मार्नलाई आफ्नै मुखले त्यसको टाउको टोकेलगतै उहाँ बेहोस हुनु भएछ र दौडाएर अस्पताल ल्याउनासाथ चिकित्सकले उहाँलाई  मृत्यु भइसकेको घोषणा गरेका थिए ।

    ’एसपी काफ्लेका अनुसार झन्डै शनिबार दिउँसो २ स् ४५ बजेतिर घर्तीको बल्छीमा सर्पजस्तै देखिने झन्डै एक हात लामो अढैया जातको माछा परेको थियो।त्यसको टाउको मुखले टोकेको ३-४ मिनेटपछि घर्ती बेहोस भएका थिए ।

    श्रीमतीले गाउँलेलाई गुहारेर श्रीमानलाई साढे ३ बजेतिर लमही अस्पताल पुर्‍याउना साथ चिकित्कसले मृत घोषणा गरेको एसपी काफ्लेले बताए । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले अनौठो घटना घटेको भए पनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म घर्तीको मृत्यु यही कारणले भयो भन्न सक्ने अवस्था नरहेको बताए ।

     

    सम्बन्धित समाचार