Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राष्ट्रिय जनगणना

    कोरोना महामारीले रोकिएको राष्ट्रिय जनगणना कात्तिक २५ देखि सुरु हुँदै

    कोरोना महामारीले रोकिएको राष्ट्रिय जनगणना कात्तिक २५ देखि सुरु हुँदै


    • बुधवार, भाद्र २३ २०७८

    • नेपाल वाइड


    कोरोना महामारीले रोकिएको राष्ट्रिय जनगणना कात्तिक २५ देखि सुरु हुँदै

    काठमाडौं । कोभिड-१९ का कारण स्थगन भएको १२ औँ श्रृङ्खलाको राष्ट्रिय जनगणना आगामी कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले बुधबार गरेको पत्रकार सम्मेलनमा महानिर्देशक नेविन लाल श्रेष्ठले जनगणनाका लागि ३९ हजार गणक र साढे ८ हजार जना सुपरीवेक्षक रहने बताए ।

    ७० लाख घरपरिवार र ३ करोड जनसंख्याको गणना हुने अनुमान गरिएको पनि उनले बताए । जनगणना कार्यका लागि सातै वटा प्रदेश कार्यालय र सबै जिल्लामा गरी ८० वटा जिल्ला जनगणना कार्यालय संचालनमा ल्याइसकिएको छ ।

    जनगणना कार्यमा खटिने सबै गणक एवम् सुपरीवेक्षकहरूलाई कोरोनाविरुद्धको खोप लगाइने राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले बताए । यस पटकको जनगणनामा ८० वटा प्रश्नावली समेटिएको छ ।

    यसअघिका जनगणनामा नसमेटिएका १२ वटा प्रश्नावली यसपटक थपिएको महादिर्नेशक श्रेष्ठले बताए । थपिएको प्रश्नावलीमा घरको प्रयोजन, हरेक परिवारमा बैंक खाता भए वा नभएको ? बैंक तथा वित्तीय संस्थाबाट ऋण लिए वा नलिएकोलगायतका रहेको श्रेष्ठले जानकारी दिए । राष्ट्रिय जनगणना कात्तिक २५ देखि सुरु गरेर मंसीर ९ गते सम्पन्न हुने विभागले जनाएको छ ।

    सम्बन्धित समाचार