Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    घिमिरेको जन्म दिनमा फर्म सुरु

    घिमिरेको जन्म दिनमा फर्म सुरु


    • बिहिवार, भाद्र २४ २०७८

    • नेपाल वाइड


    घिमिरेको जन्म दिनमा फर्म सुरु
    कान्ती ल फर्मको कार्यालय

    खोटाङ । भदौ २४, खोटाङका युवा अधिवक्ता ओमप्रकाश घिमिरेले ल फर्म सुरु गरेका छन् । अधिवक्ता घिमिरेले आफ्नो २९ औं जन्म दिनको अवशरमा बिहिबारदेखि कान्ती ल फर्म सुरु गरेका हुन् ।

    दिक्तेलको अस्पताल लाईनमा स्थापना गरिएको ल फर्म संविधानसभा सदस्य पाँचकर्ण राई (पिके)ले उद्घाटन गरेका हुन् । केही समयअघि देखि सुरु गरिएको ल फर्म बिहिबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । अधिवक्ता घिमिरे राजनिती, अध्यापन लगायतमा संलग्न छन् ।

    प्रदेश नम्बर १ का पुर्व सामाजिक विकास मन्त्री उषाकला राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, नेकपा एमाले अध्यक्ष रामप्रसाद दंगाल, जनता समाजवादी पार्टीका प्रदेश सचिव सुर्यबहादुर राई, नेकपा माओवादी केन्द्रका नेता राजुबिक्रम चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर विणादेबी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा लगायतको उपस्थितिमा कान्ती ल फर्म उद्घाटन गरिएको हो ।

    सम्बन्धित समाचार