बिहिवार, भाद्र ३१ २०७८
नेपाल वाइड
खोटाङ । भदौ ३१, खोटाङमा प्रहरीको गस्तीले भेटेको पैसा सम्वन्धित व्यक्तिलाई फिर्ता दिएको छ । गस्ती गर्नेक्रममा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीबाट खटिएका प्रहरीले सडकमा फेला पारेको २ हजार ३४५ रुपैयाँ सम्वन्धित व्यक्ती हलेसीकै उचितबहादुर राईलाई फिर्ता गरेका हुन् ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा गस्तीमा निस्किएका प्रहरी जवान डिकबहादुर कार्कीले बिहिबार भेट्टाएको पैसा केही समयपछि सम्वन्धित व्यक्तीलाई खोजेर फिर्ता दिइएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक प्रमोद कार्कीले बताए ।
हराएको पैसाका विषयमा ईलाका प्रहरी कार्यालयमा फोन आएको र उचितबहादुरले भने अनुसारकै नोट पाइएकाले फिर्ता दिइएको प्रहरीले जनाएको छ ।
उचितबहादुरले पानीको शुल्क वापत उठाइएको रकम हराएको बताएका छन् । ज्याकेटको गोजीको चेन खुला भएका कारण उचितबहादुले पैसा खसाएको प्रहरीले जनाएको छ ।