शुक्रवार, आश्विन १ २०७८
नेपाल वाइड
खोटाङ । असोज १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा फुलेलीका वृद्ध वेपत्ता भएका छन् । साविकको बुईपा–४ का ८६ वर्षका वृद्ध आसिकराम राई भदौ २९ गतेदेखि परिवारबाट सम्पर्क विहिन बनेका हुन् ।
देब्रे गालामा ठूलो कालो कोठी भएको करिब पाँच फिट चार ईन्च उचाई भएका वृद्ध हालसम्म फेला नपरेको आफन्तले बताएका छन् ।हेर्दा समान्य र विरामी जस्तो नदेखिने वृद्ध अलजाईमर रोगका कारण स्मरणशक्ति गुमाएर आफ्नो घर परिवारको सदस्य समेत नचिन्ने अवस्थामा छन् ।
राईले यदाकदा साइला छोरा परशुरामको नाम लिने र कहिलेकहीँ आफूलाई दिनवालीको सन्तान भएको वताउने गरेका छन् । वृद्धलाई भेट्ने जो कोहीलाई मोवाईल नम्बर ९८४३८७२९५२, ९८५१२१५७९३ वा ९८५११९०१२० मा सम्पर्क गरेर खबर गरिदिन परिवारले आग्रह गरेका छन् ।