Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    कान्छीमाले ८० बर्षमा नागरिकता पाइन्

    कान्छीमाले ८० बर्षमा नागरिकता पाइन्


    • शुक्रवार, आश्विन १ २०७८

    • नेपाल वाइड


    कान्छीमाले ८० बर्षमा नागरिकता पाइन्
    नागरिकता पाएपछि कान्छीमा शेर्पा ।

    संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ की कान्छीमा शेर्पाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएकी छन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमायाले मकालु गाउँपालिका–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौं दिनमा नेपाली नागरिक प्राप्त गरेकी हुन् ।

    ८० वर्षीया कान्छीमाले जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएकी छन् । नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने, श्रीमान र छोरी गुमाउनु भएकी कान्छीमालाई सरकारी सेवा सुविधाको बारेमा केही थाहा छैन । उनका झड्केलो छोरा नुर्वु शेर्पाले वडा कार्यालय पुगेर कागजपत्र तयार गरेर खाँदबारी आएका थिए ।

    कागज पत्र तयार गरेपछि नुर्वुले शेर्पाले आमालाई लिएर जिल्ला प्रशासन कार्यालय खाँदबारी आए । नेपाली नागरिकले नैसर्गिक अधिकारको रुपमा पाउने नागरिकताको प्रमाणपत्र नहुँदा अनेक दुःख कष्ट भोगेकी कान्छीमाले लामो संघर्षपछि नागरिकता प्राप्त गरिन् ।

    नागरिकता पाएपछि राज्यको तर्फबाट बुढेसकालमा पाउने सामाजिक सुरक्षाभत्ता लगायत सेवा सुविधाबाट बन्चित हुनुपर्ने बाध्यता हटेको छ । कोही नभएका उनको नागरिकता बुढेसकालको सहारा बनेको छ ।

    सम्बन्धित समाचार