Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा वर्षाको सम्भावना

    देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा वर्षाको सम्भावना


    • आइतवार, आश्विन ३ २०७८

    • नेपाल वाइड


    देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा वर्षाको सम्भावना
    सांकेतिक तस्बिर

    काठमाडौं । देशभर आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ । साथै, मनसुन न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ ।

    अहिले देशभर सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र अरू प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    सम्बन्धित समाचार