आइतवार, आश्विन ३ २०७८
नेपाल वाइड
खोटाङ । असोज ३, संविधान दिवसको अवशरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गरिएको छ । संविधान दिवसको अवसरमा आइतबार वडा कार्यालय बाहुनीडाँडामा नेपालको नक्सा बनाएर नक्साको किनारामा दिप प्रज्वलन गरिएको हो ।
जिल्ला स्तरमा औपचारिकताका लागि सामान्य कार्यक्रम गर्दै संविधान दिवस मनाइरहेको अवस्थामा बाहुनीडाँडामा वडा कार्यालयको आयोजनामा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गरिएको हो ।
बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राई, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडाध्यक्ष हरिकुमार खड्का, वडा सदस्य, शिक्षक, बुद्धिजिवी लगायतको उपस्थितिमा वडामा संविधान दिवस मनाइएको हो ।
जिल्ला स्तरमा संविधान दिवसलाई महत्व दिन छाडिएको अवस्थामा गाउँमा भने चासोका साथ हेर्न थालिएको बाहुनीडाँडाका युवा नेता यानकुमार राईले बताए ।
