Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खार्ताम्छाका जीतबहादुर खोक्मामा मृत फेला

    खार्ताम्छाका जीतबहादुर खोक्मामा मृत फेला


    • मंगलवार, आश्विन ५ २०७८

    • नेपाल वाइड


    खार्ताम्छाका जीतबहादुर खोक्मामा मृत फेला
    सांकेतिक तस्बिर

    खोटाङ । असोज ५, खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा बालाबेँसीका ५४ वर्षीय जीतबहादुर राई मृत फेला परेका छन् । शनिबार काम विशेषले घरबाट हिँडेका राई केपिलासगढी गाउँपालिका–३ बाँसपानीको खोक्मामा मृत फेला परेका हुन् ।

    घरबाट हिँडेपछि सम्पर्क विहिन बनेका राई सोमबार खोक्माको जालपादेवी नजिकै सडक भन्दा एक कान्लामाथि मृत फेला परेको स्थानीय प्रताप राईले जानकारी दिए । प्रहरीले घट्नस्थल सुरक्षित गरेर अनुसन्धान अघि बढाएको छ ।

    घट्नाको विषयमा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी घट्नास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले बताए ।

    सम्बन्धित समाचार