Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    एकै बेतमा दुई वटा पाडी !

    एकै बेतमा दुई वटा पाडी !


    • मंगलवार, आश्विन ५ २०७८

    • नेपाल वाइड


    एकै बेतमा दुई वटा पाडी !
    माक्पा बेव्लाका कृषक गंगाबहादुर दाहाल सार्केले पालेको भैंसीले पाएको दुई पाडी ।

    खोटाङ । असोज ५, खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका किसानले पालेको भैंसीले एकैबेतमा दुई वटा पाडीलाई जन्म दिएकी छन् । माक्पा बेव्लाका कृषक गंगाबहादुर दाहाल सार्केले पालेको भैंसीले मंगलबार दुई वटा स्वस्थ पाडीलाई जन्मदिएकी छन् ।

    दुई वटै पाडीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । भैंसीले एकैपल्ट दुई वटा पाडी व्याएपछि किसान उत्साहित बनेका छन् ।

    सामान्यतः भैंसीले एकैबेतमा दुई वटा पाडोपाडीलाई जन्म दिनुलाई दुर्लभ र बिरलै घट्ने घट्नाका रुपमा लिइने गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

    सम्बन्धित समाचार