बुधवार, आश्विन ६ २०७८
नेपाल वाइड
सुर्खेत । असोज ६, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं.१ को कार्यालय आगजनी भएको छ । सोही वडाका स्थानीय वास्ताम लामिछानेले बुधबार बिहान साढे १० बजे आगजनी गरेका हुन् । आगजनीबाट वडा कार्यालय पूर्ण रूपमा क्षति भएको छ ।
आगजनी हुँदा अध्यक्षको कार्यकक्ष, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको घटनास्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताए । छामिछानेले आफूलाई ज्यान मार्ने र वडा कार्यालय जलाइदिने धम्की दिएको वडाध्यक्ष सुनारले बताए ।
‘मलाई सवा १० बजेतिर अफिसको नम्बरबाट ती व्यक्तिले फोन गरेर अफिस किन नआएको भन्दै तेरो घाँटी काटिदिन्छु भनेका थिए,’ उनले भने, ‘म काम विशेषले गोष्ठीमा भएकाले कार्यबाहक दिएको छु, उहाँसँग काम गर्नुस यदि म नै चाहिने हो भने दिउँसोतिर अफिस आउँछु भनेको थिएँ एकछिनपछि अफिसमा आगजनी भयो भनेर कर्मचारीहरूले फोन गर्नुभयो ।
’घटनास्थलमा नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पुगेर निरीक्षण गरेर सरकारी सम्पत्तिमाथि क्षति पुर्याउने कसैलाई पनि कानुनले नछोड्ने बताए ।