Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पुर्वप्रधानपञ्च पराजुलीको ‘मेरो गाउँ र म’ विमोचन

    पुर्वप्रधानपञ्च पराजुलीको ‘मेरो गाउँ र म’ विमोचन


    • शुक्रवार, आश्विन ८ २०७८

    • नेपाल वाइड


    पुर्वप्रधानपञ्च पराजुलीको ‘मेरो गाउँ र म’ विमोचन
    पुस्तक ‘मेरो गाउँ र म’ विमोचन गर्दै मेयर दिपनारायण रिजाल ।

    खोटाङ । असोज ८, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका पुर्वप्रधानपञ्च धनप्रसाद पराजुलीको पुस्तक ‘मेरो गाउँ र म’ विमोचन भएको छ ।

    पराजुलीले ८८ वर्षको उमेरमा प्रकाशन गरेको पुस्तक शुक्रबार वडा कार्यालय नेर्पामा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बिमोचन गरेका छन् ।

    काव्य र लेख समेटिएको ८० पृष्ठको पुस्तकमा नेर्पाको इतिहासदेखि राजनैतिक, शैक्षिक, स्वास्थ्य, सामाजिक, संस्कृति लगायतका बारेमा विस्तृत चित्रण गरिएको छ ।

    विक्रम संवत १९९० साल चैत ५ गते जन्मिएका लेखक पराजुलीको व्यक्तित्व बारे कुमारीकृष्ण राईले, पुस्तकका बारेमा चित्र सुवेदी, लोकेन्द्र राई, झमप्रसाद आचार्य, देवीकुमार राईले समिक्षात्मक टिप्पणी गरेका थिए ।

    कार्यक्रम नेर्पाका वडाध्यक्ष माधव राईको अध्यक्षतामा आयोजना गरिएको थियो । २०३२ सालमा नेर्पाको उपप्रधानपञ्च बनेका पराजुली २०४२ सालमा प्रधानपञ्च बनेका थिए ।

    कालिका माबि नेर्पाका संस्थापक प्रअ रहेका उनी हाल सोही माबिका व्यवस्थापन समितिका अध्यक्ष छन् । उनी २०५३ सालमा पनि कालिका माविको व्यवस्थापन समिति अध्यक्ष बनेका थिए । २०६२ सालमा कालिका माबिद्धारा अभिनन्दित लेखक पराजुली २०७० सालमा तत्कालिन गाबिसबाट, २०७३ सालमा नेकपा माओवादी र पुःन गाबिसद्धारा सम्मानित भएका थिए ।

     

    सम्बन्धित समाचार