Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बैंकिङ कसुरमा जरिवाना तोकिएका जन्तेढुंगाका खत्री कपनबाट पक्राउ

    बैंकिङ कसुरमा जरिवाना तोकिएका जन्तेढुंगाका खत्री कपनबाट पक्राउ


    • मंगलवार, आश्विन १२ २०७८

    • नेपाल वाइड


    बैंकिङ कसुरमा जरिवाना तोकिएका जन्तेढुंगाका खत्री कपनबाट पक्राउ
    प्रतिकात्मक तस्बिर

    खोटाङ । असोज १२, बैंकिङ कसुर मुद्धामा फरार खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका २६ वर्षीय खगेन्द्र खत्री पक्राउ परेका छन् ।

    उच्च अदालत पाटनले २८ पुस २०७७ मा बैंकिङ कसूर मुद्धामा ४ दिन र १० लाख ६५ हजार रुपैयाँ जरिवाना सुनाएका खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले पक्राउ गरेको हो । खत्रीलाई काठ्माडौं कपन बालुवाखानी बस्दै आएका खत्रीलाई मंगलबार सोही स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    अभियुक्तमाथि २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभए पनि झुक्याएर नेपाल ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख ६५ हजार रुपैयाँ बराबरको चेक काटेर दिएको अभियोग छ ।

    पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले खत्रीलाई ४ दिन र १० लाख ६५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

    सम्बन्धित समाचार