बुधवार, आश्विन १३ २०७८
नेपाल वाइड
खोटाङ । असोज १३, खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ६ वर्षीय रोशन खड्काको पोखरीमा डुबेर मृत्यु भएको छ । हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–८ बोडे बस्दैआएका बालकको कमलपोखरीमा बुधबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेका बालकलाई बाहिर निकालेर प्रहरीको सहयोगमा नागरीक अस्पताल गठ्ठाघर लगिएकोमा उपचारकाक्रममा मृत्यु भएको हो । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।