बिहिवार, आश्विन १४ २०७८
नेपाल वाइड
काठमाडौं । ईडीभी भिषाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका, २९ जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका, ३ का ३१ वर्षीय नविन दराई र रौतहट चन्द्रपुर नगरपालिका, ९ सिंदुरेघारीका ३२ वर्षीय शिव रोक्का रहेका प्रहरीले जनाएको छ ।
थप अनुसन्धानको क्रममा नवीनसँग जीवनले १ लाख ७० हजार रुपैयाँ लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाई दिएको खुल्न आएपछि उनलाईसमेत प्रहरीले पक्राउ गरेको छ ।