शनिवार, आश्विन १६ २०७८
नेपाल वाइड
विराटनगर । विराटनगर–जोगबनी नाका पूर्णरूपमा सञ्चालनमा आएको छ । कोभिड–१९ महामारी फैलिएसँगै सरकारले विराटनगरको रानी र भारतको जोगबनी जोड्ने नाका बन्द गरेको थियो ।
तर, शनिबारबाट नाका पूर्णरूपमा खुलेको हो । नेपाल सरकारको यही असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न निर्देशन दिएको थिएन ।
तर, अब शनिबारबाट नाका पूर्णरूपमा सञ्चालनमा आएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । अब नाका भएर नेपाल र भारत दुवैतर्फ सवारी साधान आउजाउ गर्न सक्नेछन् । सुरक्षा मापदण्डमा भने कडाइसाथ लागु गरिने प्रशासनले जनाएको छ ।