मंगलवार, आश्विन २६ २०७८
नेपाल वाइड
मुगु । असोज २६, मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर मगरले छायाँनाथ रारा नगरपालिका ७ मा उक्त बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको जानकारी दिए । प्रजिअ मगरले भने-२२ जनाको मृत्यु भएको छ । म अहिले घटनास्थलमै घाइतेको उद्धारमा खटिएको छु घटनाको विस्तृत विवरण आउन बाँकी छ ।