सोमवार, कार्तिक १ २०७८
नेपाल वाइड
खोटाङ । दशैं तथा नजिकिँदै गरेको तिहार र छठ पर्वको अवशरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका स्थानीयले गोरेटो बाटो सरसफाई गरेका छन् ।
दशैं तिहारको स्वागत तथा सो चाडवाडका समयमा भेटघाटमा आउने र फर्कने पाहुनाको सुविधालाई ध्यानमा राखेर दाल्फुका स्थानीयले शनिबार गोरेटो बाटो सरसफाई गरेका हुन् ।
स्थानीयले फिर्कुदेखि देबिस्थान, चिउरीबोट, बलिदान प्रावि हुँदै चैतेडाँडा–दाल्फु सडकसम्मको गोरेटो बाटो सरसफाई गरेका छन् । गोरेटो बाटोको दायाँवायाँ झांगिएका झ्याल फाँडेर खाल्डाखुल्डी पुर्दै सरसफाई गरिएको स्थानीय सिर्जनात्मक एकता युवा सेवा समाजका सचिव लेखराज राईले बताए ।
दशैं तिहारको अवशरमा सिर्जनात्मक एकता युवा सेवा समाजको अगुवाईमा हरेक वर्ष सडक तथा गोरेटो सरसफाई गर्ने प्रचलन रहिआएको छ ।
वर्ष दिनपछि भेटघाट गर्न र रमाईलो गर्न आउने आफन्तको स्वागतमा गाउँको स्वच्छता र सुन्दरताकालागि बाटो सरसफाई गरिएको सचिव राईले बताए । चाडवाडका समयमा ग्रामिण क्षेत्रमा बाटोघाटो सरसफाई गर्दै चिटिक्कको बनाउने प्रचलन छ ।