Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : चार वर्षमा एकै वडामा १२ जनाले गरे आत्महत्या

    खोटाङ : चार वर्षमा एकै वडामा १२ जनाले गरे आत्महत्या


    • आइतवार, कार्तिक ७ २०७८

    • नेपाल वाइड


    खोटाङ : चार वर्षमा एकै वडामा १२ जनाले गरे आत्महत्या
    प्रतिकात्मक तस्बिर

    खोटाङ । कात्तिक ७, खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा चार वर्षमा १२ जनाले आत्महत्या गरेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन यता गाउँमा, काठ्माण्डौं र विदेशमा गरी १२ जनाले आत्महत्या गरेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताउनुभयो ।

    हालसम्म हौंचुरका ११ जना झुण्डिएको र एक जना विष सेवन गरेको अवस्थामा मृत भेटिएको वडाध्यक्ष श्रेष्ठले बताए । त्यसमध्ये गाउँमा १० जना, मलेसियामा एक जना र काठ्माण्डौंमा एक जना मृत फेला परेको जनाइएको छ ।

    ६ कात्तिकमा पनि हौंचुरस्थित जनता आधारभुत विद्यालयमा निजी श्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा श्रेष्ठ गोठमा झुण्डिएको अवस्थामा मृत भेटिनु भएको छ ।

    सम्बन्धित समाचार