Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    फोनिजको सातौँ सङ्घीय महाधिवेशन माघ ७ र ८ गते हुने

    फोनिजको सातौँ सङ्घीय महाधिवेशन माघ ७ र ८ गते हुने


    • बुधवार, कार्तिक १० २०७८

    • नेपाल वाइड


    फोनिजको सातौँ सङ्घीय महाधिवेशन माघ ७ र ८ गते हुने
    फोनिज सङ्घीय समितिको नुवाकोटमा बुधबार सम्पन्न सातौँ पूर्ण बैठक । तस्बिर : केदार मगर

    खोटाङ । कातिक १०, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिको सातौँ महाधिवेशन आगामी माघ पहिलो साता हुने भएको छ । फोनिज सङ्घीय समितिको नुवाकोटमा बुधबार बसेको सातौँ पूर्ण बैठकले माघ-७ र ८ गते सातौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    महाधिवेशनको तयारीस्वरुप मङ्सिर-१५ गतेसम्म देशभर सदस्यता वितरण तथा नवीकरण गर्ने, मङ्सिर-२५ गते सबै एकै दिन जिल्ला तथा प्रवास अधिवेशन सम्पन्न गर्ने, पुस-२४ गते सातवटै प्रदेश महाधिवेशन र माघ-७ र ८ गते सङ्घीय महाधिवेशन गर्ने निर्णय गरिएको फोनिजका महासचिव मनोज घर्तीमगरले बताउनुभयो । महासचिव घर्तीमगरका अनुसार महाधिवेशनस्थ भने सङ्घीय समितिको सचिवालय समितिको बैठकले टुङ्गो लगाउने जनाइएको छ ।

    महाधिवेशनमा नेपालका ५४ जिल्ला शाखा र छवटा प्रवास शाखा तथा जातीय सङ्घ संस्थाका प्रतिनिधि, पर्यवेक्षक तथा प्रदेश र जिल्ला शाखाका पदाधिकारीको सहभागिता रहने सङ्घीय अध्यक्ष डण्ड गुरुङले बताउनुभयो । फोनिजको जापान, मलेसिया, अमेरिका, दक्षिणकोरिया, दुवाई र बेलायतमा शाखा विस्तार गरिएको छ ।

    फोनिजमा गुरुङ, लिम्बू, मगर, नेवार, राई, शेर्पा, तामाङ र थारू पत्रकार सङ्गठन आवद्ध रहेका छन् । जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि सम्बन्धित प्रदेश समितिलाई अधिकार दिने निर्णय गरिएको छ ।

    नुवाकोटको ककनीस्थित नेपाल स्काउट अन्तर्राष्ट्रिय सभाहलमा बसेको बैठकको निर्णय सबै शाखाहरुलाई सर्कुलरका रुपमा पठाइने फोनिज सङ्घीय समितिका सङ्गठन सचिव मिलन लिम्लूले जानकारी दिनुभयो । बैठकले देशको समसायिक विषयमा फोनिजको तर्फबाट खेल्नुपर्ने भूमिकालाई कडाइका साथ अगाडि बढाउने समेत निर्णय गरेको छ । 

     

    सम्बन्धित समाचार