Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    वेपत्ता युवा छ दिनपछि मृत फेला

    वेपत्ता युवा छ दिनपछि मृत फेला


    • आइतवार, मंसिर ५ २०७८

    • नेपाल वाइड


    वेपत्ता युवा छ दिनपछि मृत फेला
    मृत फेला परेका अस्विन राई ।

    खोटाङ । ५ मंसिर, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातीदेखि बेपत्ता बनेका राई शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेका हुन् ।

    मादक पदार्थ सेवन गरेर नशा लागेको बेला लडेर मानसिक सन्तुलन गुमाएका राईलाई जिल्ला अस्पताल उदयपुरमा उपचारमा लगेर घर ल्याउनेक्रममा राती पिसाव फेर्न जाने भन्दै गाडीबाट ओर्लिएपछि सम्पर्क विहिन बनेका थिए ।

    उनको शव आँपडाँडाभन्दा दुई घण्टा टाढा पर्ने घुम्नेमा अपठ्यारो भीरमा फेला परेको नेपाली कांग्रेस दिप्रुङ चुईचुम्मा गाँउपालिका-४ बतासेका सभापति राजदेश राईले बताए ।

    उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । उनको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमार २ मंसिरमा जाहेरी दिएका थिए ।

    २८ कात्तिकमा बारीको कान्लाबाट लड्दा अनुहार र टाउकोको भित्री भागमा गम्भीर अशर पुग्दा उनको मानसिक सन्तुलन गुमेको थियो । मानसिक सन्तुलन गुमाएर ‘अस्थिर’ र बेहोसमा कुरा गर्न थालेपछि उनलाई गाडी रिजर्भ गरेर अस्पताल लगिएको थियो ।

    अस्पतालमा उपचारमा राखेकै बेला पनि निस्केर हिँडेका उनी गाईघाटको शिवालयटोलमा भेटिएका थिए । पुःन उपचारमा लैजान खोज्दा ‘ठीकै छु, घर जान्छु’ भनेपछि उनलाई गाडीमा हिँडाइएको थियो ।

    ३० कात्तिकमा विप्लव नेतृत्वको नेकपा माओवादीले बन्द आव्हान गरेका कारण उनलाई अघिल्लो दिन राती गाईघाटबाट खोटाङ हिँडाइएको सभापति राईले बताए ।

    सम्बन्धित समाचार