Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    अवैध रुपमा बालुवा ओसार–पसार गरिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा

    अवैध रुपमा बालुवा ओसार–पसार गरिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा


    • सोमवार, मंसिर २० २०७८

    • नेपाल वाइड


    अवैध रुपमा बालुवा ओसार–पसार गरिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा
    जिल्ला प्रहरी कार्यालय खोटाङ

    खोटाङ, २० मंसिर । जिल्ला प्रहरी कार्यालय खोटाङले खोलाको अवैध रुपमा बालुवा उत्खनन् गरी ओसार–पसार गरिरहेको अवस्थामा चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

    जिल्लाको साप्सु खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसार–पसार गरिरहेको को २ त ८७६८, को २ त ८८६५, को ३ त ९४ र को २ त ८८७९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

    बालुवा सहित नियन्त्रणमा लिइएको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले बताए ।

    को २ त ८७६८, को २ त ८८६५ नम्बरको ट्याक्टर आइतबार र को ३ त ९४ र को २ त ८८७९ नम्बरको ट्याक्टरलाई सोमबार नियन्त्रणमा लिइएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरेर ओसार–पसार गरेको पाइएकाले कारबाहीका लागि सोही नगरपालिकालाई ट्याक्टर बुझाइएको हो । प्रहरीले बुझाएको ट्याक्टरलाई नगरपालिकाले कर लिएर छाडेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार