शनिवार, मंसिर २५ २०७८
नेपाल वाइड
खोटाङ, २५ मंसिर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) खोटाङको अध्यक्षमा रामधन राई दोहोरिएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार सम्पन्न चौथो जिल्ला अधिबेसनले राईको अध्यक्षतामा १५ सदस्यीय आदिवासी जनजाती पत्रकार महासंघको जिल्ला कार्य समिति गठन गरेको छ ।
राई दोश्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । महासंघको उपाध्यक्षमा चिसाङ शेर्पा, सचिवमा सञ्जिव राई, सह–सचिवमा उमेश भुजेल र कोषाध्यक्षमा एल्जिना राई चयन भएका छन् ।
फोनिजको सदस्यमा कृष्णकला राई, असल चरित्र राई, सुनिल श्रेष्ठ, जीवन राई, पूजा राना, जीवन राना, कला राई, तजिना राई, प्रवीण राई र कोसीकुमार राई चयन भएका छन् ।
प्रदेश प्रतिनिधिमा खिलन राई, कृष्णकला राई र सुदीप राई तथा केन्द्रीय प्रतिनिधिमा सुर्य तामाङ, संगीता राई र टिवन राई चयन भएका छन् ।
फोनिजका केन्द्रीय सदस्य केदार मगरको प्रमुख आतिथ्यता एवं नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पाको विशेष आतिथ्यतामा अधिबेसन सम्पन्न भएको हो ।