Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : विद्युत सर्ट भएर घरमा आगलागी हुँदा २७ लाख बढिको क्षती

    खोटाङ : विद्युत सर्ट भएर घरमा आगलागी हुँदा २७ लाख बढिको क्षती


    • मंगलवार, मंसिर २८ २०७८

    • नेपाल वाइड


    खोटाङ :  विद्युत सर्ट भएर घरमा आगलागी हुँदा २७ लाख बढिको क्षती
    आगलागीमा जलेको ज्ञानेन्द्र खड्काको घर ।

    खोटाङ, २७ मंसिर । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा खोटाङमा २७ लाखभन्दा बढिको क्षती भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरका ज्ञानेन्द्र खड्काको ढुंगा माटोले बनेको टिनको छाना भएको घरमा आगलागी हुँदा २७ लाख ९५ हजारको क्षती भएको हो ।

    fire destroyed house at houchur photo_khotang1.jpg

    आगलागीमा जलेको ज्ञानेन्द्र खड्काको घर तथा जलेको पैसा र धान ।

    सोमबार राती भएको आगलागीमा खड्काको तीन तले घर, घरमा राखिएका नगद ५ लाख, ७ तोला सुन (टिलदानी ५ तोला, बेरुवा औंठी १ तोला, सिक्री ८ आना, मंगलसुत्र १ आना र फुली १ आना), चाँदी १७ तोला, १८ मुरी धान, १० मुरी मकै लगायत जलेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिए ।

    fire destroyed house at houchur photo_khotang3.jpg
    आगलागीमा जलेको ज्ञानेन्द्र खड्काको घर तथा जलेको धान ।

    खड्काको खाट र पलङ, लत्ताकपडा, भाँडावर्तन, नारिकता, पासपोर्ट, लाइसेन्स, लालपुर्जा, विवाह तथा जन्म दर्ता लगायतका कागजात पनि जलेको प्रहरीले जनाएको छ ।

    fire destroyed house at houchur photo_khotang2.jpg
    आगलागीमा जलेको ज्ञानेन्द्र खड्काको जलेको घर ।

    घर जलेपछि खड्का परिवारको विचल्नी भएको छ । आगो प्रहरीचौकी हरम्टारबाट खटिएका प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए । प्रहरीले मंगलबार स्थानीयको रोहवरमा आगलागीको सर्जमिन मुचुल्का उठाएको हो ।

    fire destroyed house at houchur photo_khotang4.jpg
    आगलागीमा जलेको ज्ञानेन्द्र खड्काको जलेको धान ।

    सम्बन्धित समाचार