शुक्रवार, पौष ९ २०७८
नेपाल वाइड
खोटाङ, ९ पुस । ज्येष्ठ नागरिक संघ खोटाङले दिवा सेवा भवन निर्माणलगायतमा सहयोग गर्ने सहयोगीलाई सम्मान गरेको छ । दिक्तेलमा दिवा सेवा भवन निर्माणकाक्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने तीन दम्पत्तीलाई सम्मान गरेको हो ।
ज्येष्ठ नागरिक संघले दिवा सेवा भवन निर्माणका क्रममा ११ हजार ५ सय सहयोग गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका रेखा राई र रुद्र राई, एक थान फलामे बेञ्च तथा ज्येष्ठ नागरिकको चिया नास्ताका लागि २ हजार ५ सय सहयोग गर्ने गयाकुमार बजिमय र ताराकुमारी बजिमयलाई सम्मान गरेको हो ।
यस्तै, दुई थान फलामे बेञ्च तथा चियानास्ताका लागि ११ हजार ५ सय प्रदान गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका मनिन्द्र राई र चन्द्रकुमारी राई दम्पत्तीलाई सम्मान गरिएको ज्येष्ठ नागरिक संघका सचिव राम ताम्राकारले बताए ।
ज्येष्ठ नागरिक संघलाई सहयोग गर्ने सहयोगीलाई दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्य, ज्येष्ठ नागरिक संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरे र संघका पुर्वअध्यक्ष खड्गबहादुर बस्नेतले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको छ ।