Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    मतदाता नामावली

    सार्वजनिक विदाका दिन पनि मतदाता नामावली संकलन

    सार्वजनिक विदाका दिन पनि मतदाता नामावली संकलन


    • आइतवार, पौष ११ २०७८

    • नेपाल वाइड


    सार्वजनिक विदाका दिन पनि मतदाता नामावली संकलन
    जिल्ला प्रशासन कार्यालय खोटाङमा फोटो सहितको मतदाता नामावली दर्ता गराउँदै युवा । तस्बीर : नेपालवाईड डटकम

    खोटाङ, ११ पुस । खोटाङमा सार्वजनिक विदाका दिन समेत फोटो सहितको मतदाता नामावली संकलन सुरु गरिएको छ । निर्वाचन आयोग र गृह–मन्त्रालयको ८ पुसको पत्र अनुसार ईलाका प्रशासन कार्यालय ऐसेलुखर्क र ईलाका प्रशासन कार्यालय खोटाङबजारबाट बिहान, बेलुका र सार्वजनिक विदाका दिन समेत फोटो सहितको मतदाता नामावली संकलनको व्यवस्था मिलाइएको निमित्त जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रकुमार राईले बताए ।

    शनिबारदेखि दुबै ईलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुई ईलाका प्रशासन कार्यालयबाट १० पुसदेखि १९ पुसम्म कार्यालय समय र कार्यालय बाहिरको समयमा पनि फोटो सहितको मतदाता नामावली दर्ता गराउन सक्ने निमित्त जिल्ला निर्वाचन अधिकारी राईले बताए ।

    हालसम्म ईलाका प्रशासन कार्यालय खोटाङबजार र जिल्ला प्रशासन कार्यालयबाट नियमित रुपमा मतदाता नामावली दर्ताको काम हुँदैआएकामा निर्वाचन आयोग र गृह–मन्त्रालयको पत्र अनुसार ईलाका प्रशासन कार्यालय ऐसेलुखर्कबाट पनि मतदाता नामावली संकलन सुरु गरिएको हो ।

    आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा पहिलो चरणमा १७ मंसिरदेखि २६ मंसिर र दोश्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटो सहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गरिएको थियो ।

    मतदाता नामावली संकलन अभियानमा मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिले ईलाका प्रशासन कार्यालयमा पुगेर नाम दर्ता गराउन सक्ने निमित्त जिल्ला निर्वाचन अधिकारी राईले बताए ।

    धेरैजसो स्थानीय तहले सम्वन्धित स्थानीय तहको केन्द्रमा शिबिर सञ्चालन गरेर फोटो सहितको मतदाता नामावली संकलन गर्दा केन्द्रभन्दा टाढाका सर्वसाधारण एक दिनदेखि तीन दिनसम्म हिँड्नु परेको मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले जनाएको छ ।

    सम्बन्धित समाचार