आइतवार, पौष १८ २०७८
नेपाल वाइड
खोटाङ, १८ पुस । खोटाङको जन्तेढुंगा गाउँपालिकामा नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको पालिका स्तरिय कमिटि गठन गरिएको छ ।
आइतबार सम्पन्न प्रथम अधिबेसनबाट कृष्णकुमार कट्वालको अध्यक्षतामा ११ सदस्यीय नेपाल निजामती कर्मचारी संगठनको पालिका इकाई कार्य समिति गठन गरिएको हो ।
पालिका इकाई कार्य समितिको उपाध्यक्षमा गोपाल खड्का, सचिवमा भीमबहादुर कार्की र कोषाध्यक्षमा कनक राई चयन भएका छन् । अभिबेसनले विज्ञान राईको संयोजकत्वमा कर्मचारी संगठनको गाउँ इकाई कार्य समितिको सल्लाहकार समिति गठन गरेको छ ।
यस्तै, अनिता भट्टराईको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको पालिका स्तरिय कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा अनिल यादव, उपाध्यक्षमा सुरेश प्रधान, सचिवमा भुपेन्द्र बस्नेत र कोषाध्यक्षमा सरोज तामाङ चयन भएका छन् । अधिबेसन नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्ष मोहन भट्टराईको सभापतित्वमा सम्पन्न भएको हो ।