शनिवार, पौष २४ २०७८
नेपाल वाइड
खोटाङ, २४ पुस । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा सञ्जिव राई (सिताराम) चयन भएका छन् । शनिबार दिक्तेलको होटल शुभदिनमा सम्पन्न पाँचौं अधिबेसनबाट राई सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
प्रेस चौतारीको उपाध्यक्षमा राजन ठटाल र अस्मिता खत्री, सचिवमा दिवस रिजाल, सह–सचिवमा खेमराज पुरी र प्रेम श्रेष्ठ तथा कोषाध्यक्षमा सन्तोष पौडेल चुनिएका छन् ।
सदस्यमा मनोन आचार्य, मिलन आचार्य, दिपेश श्रेष्ठ, योगीन राई, जीवन मगर, चिरञ्जीवी रिजाल, रोसन राई र उमेश भुजेल भएका छन् । यस्तै, दमन राई, हरिबोल आचार्य, लोकमणि रिजाल, बद्री आचार्य र टिवन राई सल्लाहकार चयन भएका छन् ।
प्रेस चौतारीले पत्रकार दिपक पाण्डे र इन्द्रप्रसाद आचार्यलाई सम्मान गरेको छ । पत्रकारिता एवं श्रमजिवी पत्रकारको पक्षमा गरेको वकालत र योगदानको कदर गर्दै पत्रकार पाण्डे र आचार्यलाई जिल्ला अधिबेसनको अवसरमा सम्मान गरिएको प्रेस चौतारीका केन्द्रीय सदस्य एवं खोटाङ इन्चार्ज हरिबोल आचार्यले बताए ।
पत्रकार द्धयलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको छ । सम्मानित पत्रकार पाण्डे प्रेस काउन्सिलका सदस्य तथा आचार्य प्रेसचौतारीका केन्द्रीय कोषाध्यक्ष हुन् ।
कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य देवान राई, एमाले खोटाङका प्रचार विभाग प्रमुख दिलचक्र राई, कांग्रेस संघीय महाधिबेसन प्रतिनिधि डिल्लीकुमारी आचार्य, जनता समाजवादी पार्टी खोटाङका प्रचार तथा प्रकाशन बिभाग प्रमुख रबिन खम्बू, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेको थियो ।