Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    सामुदायीक वनको ऐतिहाँसिक राँगा आहाललाई पोखरी बनाइने

    सामुदायीक वनको ऐतिहाँसिक राँगा आहाललाई पोखरी बनाइने


    • मंगलवार, पौष २७ २०७८

    • नेपाल वाइड


    सामुदायीक वनको ऐतिहाँसिक राँगा आहाललाई पोखरी बनाइने
    देविस्थान सामुदायीक वन उपभोक्ता समुहको शुक्रबार सम्पन्न सातौं साधारणसभा ।

    खोटाङ, २७ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, ४ र ५ मा फैलिएको देविस्थान सामुदायीक वन क्षेत्रमा रहेको ऐतिहाँसिक राँगा आहाललाई पोखरी बनाउने निर्णय गरिएको छ ।

    देविस्थान सामुदायीक वन उपभोक्ता समुहको शुक्रबार सम्पन्न सातौं साधारणसभाले राँगा आहालको ऐतिहासिक पक्षलाई उजागर गर्नका लागि १० मिटर लम्बाई र १० मिटर चौंडाई भएको पोखरी बनाउने निर्णय पारित गरेको हो ।

    साधारणसभाले कालिका भगवती, बुद्धेस्वर महादेव र मझुवागढी रहेको वन क्षेत्रलाई बहुआयमिक वन बनाउने लक्ष्यका साथ ६ देखि ७ वटा रिचार्ज पोखरी बनाउने निर्णय गरेको छ ।

    वन क्षेत्रलाई हरियाली बनाउन र वनमा भएका वन्यजन्तु तथा पन्छीका लागि आवश्यक पानीको पुर्तीका लागि रिचार्ज पोखरी बनाउने निर्णय गरिएको देविस्थान सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष प्रेम कट्वालले बताए ।

    मझुवागढीमा सम्पन्न साधारणसभाले १, २ र ३ नम्बर ब्लकमध्ये २ नम्बर ब्लकको सल्ला हटाउने निणर््य गरेको छ । सो सामुदायीक वन उपभोक्ता समुहले टाँचा प्रयोगका लागि २० हजारको टाँचा ल्याइसकेको जनाएको छ ।

    साधारणसभाबाट १९ सदस्यीय वन उपभोक्ता समुहको रिक्त उपाध्यक्ष पदमा शिव बस्नेतलाई चयन गरिएको छ । यस्तै, रिक्त सदस्य पदमा कल्पना कट्वा र टिकामायाँ कट्वाललाई चयन गरिएको जनाइएको छ ।

    कार्यक्रम वन उपभोक्ता समुहका अध्यक्ष कट्वालको अध्यक्षता एवं सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    सम्बन्धित समाचार