Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीलाई प्रेस चौतारीको बधाई

    एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीलाई प्रेस चौतारीको बधाई


    • बुधवार, पौष २८ २०७८

    • नेपाल वाइड


    एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीलाई प्रेस चौतारीको बधाई
    एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाललाई शुभकामना दिनुहुदै प्रेसचौतारीका केन्द्रीय सदस्य हरिबोल आचार्य ।

    खोटाङ, २८ पुष । प्रेस चौतारी नेपाल खोटाङले नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको छ । नेकपा एमाले खोटाङको सातौ जिल्ला अधिबेसनबाट निर्बाचित अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमार आचार्य, उपसचिव दिपनारायण रिजाल र सुरेन्द्र कुमार राईलाई बधाई तथा शुभकामना दिएको हो ।

    होटल शुभदिनमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिबोल आचार्यले खादा र दोसल्ला ओढाएर मायाँको चिनो हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिएका हुन ।

    चौतारीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रेस चौतारीका पदाधिकारी, प्रेस युनियनका सभापति उत्तम चौलागाई, प्रेस सेन्टरका जिल्ला अध्यक्ष रामधन राई, पत्रकार महासंघका अध्यक्ष दिलिप खत्रीलगायतका पत्रकारहरुले नवनिर्बाचित पदाधिकारलाई बधाई तथा शुभकामना दिएका छन ।

    सम्बन्धित समाचार