Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    एमालेका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

    एमालेका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण


    • शनिवार, माघ १ २०७८

    • नेपाल वाइड


    एमालेका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण
    कपा एमाले खोटाङका नवनिर्वाचित अध्यक्ष रामप्रसाद दंगाल पदभार ग्रहण गर्दै ।

    खोटाङ, १ माघ । नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिबेसनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाल लगायतले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

    दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवनमा अध्यक्ष दंगाल, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राईले पदभार ग्रहण गरेका हुन् ।

    एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले केन्द्रीय सदस्य एबं प्रदेश सांसद उषाकला राईले पदभार ग्रहण गराएकी थिईन् । उपाध्यक्ष देवविक्रम राईले कार्यव्यस्तताका कारण पदभार ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेको एमालेले जनाएको छ ।

    सम्बन्धित समाचार