Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    सल्ले र तलुवा जोड्ने झोलुंगे पुल शिलान्यास

    सल्ले र तलुवा जोड्ने झोलुंगे पुल शिलान्यास


    • आइतवार, माघ २ २०७८

    • नेपाल वाइड


    सल्ले र तलुवा जोड्ने झोलुंगे पुल शिलान्यास
    झोलुंगे पुल शिलान्यास गर्दै मेयर इवन राई र उपमेयर बिमला राई ।

    खोटाङ, २ माघ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ तलुवा जोड्ने दुधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ । सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई हुने पुल हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले शनिबार शिलान्यास गरेका हुन् ।

    संघीय सरकारबाट प्राप्त भएको सशर्त बजेट र नगरपालिकाको गरी ८५ लाख ८२ हजार ३५० लाख (भ्याट सहित)मा झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो ।

    ओखलढुंगा जानआउनका लागि महादेवबेँसी पुगेर नदी तर्न बाध्य सल्लेका नागरिकलाई लक्ष्यित गर्दै टिम्मुरे र पिप्ले जोड्ने पुल निर्माण सुरु गरिएको हो । झोलुंगे पुल बनेपछि टिम्मुरे र नाल्सु (तलुवा)का स्थानीय बढी लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

    निर्माण कम्पनी नम्बुर अनसुवी अनसुमन जेभीले आगामी असार मसान्तसम्ममा पुरा गर्नेगरी झोलुंगे पुल निर्माणको सम्झौता गरेको हो । झोलुंगे पुल निर्माणका लागि नगरपालिकाले १९ माघ २०७७ मा टेण्डर आव्हान गरेको थियो । कोभिड–१९ को कारण ढिलागरी पुलको काम अघि बढेको मेयर राईले बताए ।

    सम्बन्धित समाचार