सोमवार, माघ ३ २०७८
नेपाल वाइड
खोटाङ, ३ माघ । बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।
भाषा आधारभुत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।
छोरीलाई बलात्कार गरेको भन्दै पिडितका बुवाले गत बिहिबार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सागर शाहले बताए ।
स्वास्थ्य परीक्षणका क्रममा पिडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् । शिक्षक पोखरेलमाथि ९ भदौ यता पटक–पटक बालिकालाई बलात्कार गरेको अभियोग छ ।
पोखरेललाई जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक शाहले बताए ।