Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : जवरजस्ती करणी गरेको कसुरमा दुई जना पक्राउ

    खोटाङ : जवरजस्ती करणी गरेको कसुरमा दुई जना पक्राउ


    • बुधवार, माघ ५ २०७८

    • नेपाल वाइड


    खोटाङ :  जवरजस्ती करणी गरेको कसुरमा दुई जना पक्राउ
    प्रतिकात्मक तस्बिर

    खोटाङ, ५ माघ । जवरजस्ती करणी गरेको कसुरमा खोटाङमा दुई जना पक्राउ परेका छन् । १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ र ४० वर्षकी महिलालाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रतिवादी हिङमाङले गत २५ पुस साँझमा छिमेकीको घरमा पितृ कार्य (श्राद्ध)को निम्तो मानेर एक्लै घर फर्कँदै गरेको मौका छोपेर डर र धाकधम्की देखाएर बालिकामाथि जवरजस्ती गरेको प्रहरीले जनाएको छ ।

    पिडित बालिकाको आफन्तले ४ माघमा किटानी जाहेरी दिएपछि लुकिछिपी बसिरहेको अवस्थामा हिङमाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले बताए ।

    प्रतिवादी राई विरुद्ध घरमा कोही नभएको मौका पारेर महिलामाथि ३० पुस बिहान ११ बजेको समयमा बलात्कार गरेको अभियोग छ । फोनमार्फत महिलामाथि जवरजस्ती जवरजस्ती बलात्कार गरेको जानकारी प्रहरीचौकी तालखर्कमा आएपछि खटिएको प्रहरीको टोलीले राईलाई पक्राउ गरेको हो ।

    जवरजस्ती करणीका दुबै अभियुक्त विरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको प्रेस–विज्ञाप्तीमा उल्लेख छ ।

    सम्बन्धित समाचार