Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    कोरोना कहर :

    सुरक्षित रहेर कार्यक्षेत्रमा खट्न पत्रकारलाई महासंघको आग्रह

    सुरक्षित रहेर कार्यक्षेत्रमा खट्न पत्रकारलाई महासंघको आग्रह


    • बिहिवार, माघ ६ २०७८

    • नेपाल वाइड


    सुरक्षित रहेर कार्यक्षेत्रमा खट्न पत्रकारलाई महासंघको आग्रह
    नेपाल पत्रकार महासंघ खोटाङ शाखाले बिहिबार जारी गरेको विज्ञाप्ती ।

    खोटाङ, ६ माघ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सावधानी अपनाएर कार्यक्षेत्रमा खट्न पत्रकारलाई आग्रह गरेको छ । दिनानुदिन कोरोना संक्रमण दर वृद्धि हुँदैगएको अवस्थामा महासंघले बिहिबार विज्ञाप्तीमार्फत पत्रकारलाई संक्रमणबाट जोगिएर समाचार संकलन र सम्प्रेषणका लागि आग्रह गरेको हो ।

    महासंघका अध्यक्ष दिलीप खत्रीले जारी गरेको विज्ञाप्तीमा जिल्लामा कार्यरत पत्रकार/सञ्चारकर्मीलाई सकेसम्म घर वा कार्यालयमै रहेर काम गर्न, रिपोर्टिङका लागि बाहिर निस्कनुपर्ने अवस्था भएमा स्वास्थ्य सुरक्षा सम्वन्धी उच्च सतर्कता अपनाएर जिम्मेवारी वहन गर्न आग्रह गरिएको छ ।

    महासंघले ‘आफू बच्न र अरुलाई पनि बचाउन’ भूमीका निर्वाह गर्न आग्रह गरेको छ । महासंघका अनुसार कोरोना भाइरको तेस्रो लहरबाट नेपालमा हालसम्म विभिन्न सञ्चार गृहमा कार्यरत २३० जना सञ्चारकर्मी संक्रमित भइसकेका छन् ।

    विज्ञाप्तीमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा नीति र मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र गराउनेक्रममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउनका लागि उचित वातावरण बनाउन जिल्लास्थित जनप्रतिनिधि, प्रशासन, प्रहरी, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाज, सर्वसाधारण लगायत समक्ष अपिल गरिएको छ ।

    सम्बन्धित समाचार