शुक्रवार, माघ ७ २०७८
नेपाल वाइड
काठमाण्डौ । पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरको मौसम सामान्य बदली भई केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । बागमती र प्रदेश १ का केही स्थानमा हल्का वर्षा र पहाडी भूभागमा हिमपात भइरहेको छ ।
आगामी २४ घण्टा देशभरको मौसम सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूगभामा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । जसले चिसो बढ्न सक्ने जनाइएको छ । आज दिउसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । तराइका भूभागमा आंशिक बदली रहनेछ । पहाडी भूभागमा वर्षाको सम्भावना रहेका छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै, आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहनेछ । पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, शनिबार दिउसो पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही तराईका भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै, आइतबार दिउसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।