राष्ट्रिय सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा अन्तिम चरणमा छ । मस्यौदा निर्माणपछि सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापकरूपमा छलफल गरिने छ ।
देशभर रहेका मातहतका सङ्गठनमार्फत विधानको मस्यौदा सबै प्रदेश तथा जिल्ला समितिमा छलफलका लागि पठाइने छ । त्यसको विस्तृत छलफल तथा अध्ययनपछि प्राप्त हुने सुझावलाई समेटेर मस्यौदामा समावेश गरिने छ ।
सङ्गठनका महासचिव भुपराज खडकाको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले विधान निर्माण कार्य गरिरहेको छ । सङ्गठनले १५ सदस्यीय सचिवालय, विभागलाई हालै पूर्णता दिएको छ। सम्मेलन तयारी समितिसमेत गठन गरेको छ ।




